जिउको आधा भागमा मात्रै कपडा लगाएर दलित संघर्ष समितिद्वारा रौतहटमा प्रदर्शन

रौतहट । असोज १५ गते
रौतहटमा पछिलो समय भएको घटना लाई लिएर विहिवार अर्ध वस्त्रमा बहुजन दलित संघर्ष समितिद्वारा सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ । निरञ्जन, विजय राम सुमिन्त्रा देवी बैठाको हत्या विरुद्धमा शसक्त बिरोध स्वरूप कलजोर आन्दोलनको कार्यक्रम भएको छ । आन्दोलनकारीहरु अर्ध वस्त्र अर्थात आ(आफ्नो जिउको आधा भागमा मात्रै कपडा लगाएर घाँटी देखि ढाँड सम्म सिकड र डोंरी बेरेर कलजोर आन्दोलन गरेका थिए । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नंबर ८ जिङ्गडीया निवासी २२ बर्षीय निरंजन रामको हत्या भएको १ महिना १५ दिन बितिसक्दा पनि अनुसन्धानमा कुनै टुङ्गो नलागेको पिडित परिवारले जनाएको हो । ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले घट्ना भएको भोलि पल्टनै हत्यामा संलग्न भएको भनी ११ जनालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पछि अनुसन्धानका क्रममा ४ जनालाई निर्दोष रहेको भन्दै छाडेका थिए। प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले भदौ १ गते सम्मानित जिल्ला अदालतमा म्याद थप गराई सातै जना बिरुद्ध ज्यान कसुर सम्बन्धि मुद्दा चलाएको थियो । प्रहरी हिरासतमै प्रहरीले यातना दिँदा र थर्ड डिग्री सम्मको कुटाइले पक्राउ परेका सात जना मध्य एक जना बिजय रामको उपचारको क्रममा बिरगंजमा मृत्यु भएको थियो। गत १० गते उपचारका क्रममा मृत्यु भएको १ महिना बित्दा पनि पिडित परिवारले न्याय पाएका छैन्। घट्नाको लामो समय बित्दा पनि पिडित परिवारलाई न्याय नपाउँदा आज सम्मानित जिल्ला अदालत अगाडि २ घण्टा सडक जाम गरी दलित संघर्ष समितिले धर्नामा बसेका थिए। प्रहरी हिरासतमै मृत्यु भएको बिजय रामको परिवारलाई न्याय देउ, दोषीलाई कार्यवाही गर, निर्दोषलाई रिहा गर, हाम्रो संघर्ष जारी छ भन्दै नारा लगाउँदै जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतको अगाडि कोण सभामा परिणत भएको थियो । उक्त कोण सभा कार्यक्रममा बोल्दै पुर्व मन्त्री विस्वेन्द्र पासवान सम्मानित जिल्ला अदालतका न्यायाधीश संग घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कटघेरामा खडा गरी कार्वाही गर्न र निर्दोष चार जना युवालाई तुरन्त रिहा गर्न अनुरोध गर्नुभएको थियो । त्यसैगरी दलित नेता मटुक पासवान,रामपुकार पासवान,शिवजी पासवान,सकिल मिया,चन्द्रकला देवि राम,बाराका भिम आर्मी संयोजक तारा कुमारी राम लगायत दर्जनौ व्यक्तिले आ( आफ्नो मन्तव्य राखेका थिए । सयौ व्यक्तिको उपस्थिति रहेको थियो। पुर्व मन्त्री पासवानले जबसम्म हाम्रो मागहरु पूरा हुदैन तबसम्म आन्दोलन जारी रहने र आफु उच्च अदालत देखि लिएर अन्र्तराष्ट्रिय अदालत सम्म पुग्ने बताउदै आश्विन २५ गतेका दिन प्रदेश नं२ को मुख्य मन्त्री कार्यालय जनकपुर घेराउ गर्ने घोषणा समेत गरेका छन । साथै प्रहरी हिरासतमै मृत्यु भएको रामको घटनालाई अनुसन्धानको क्रममा तत्कालीन प्रहरी उपरीक्षक रबिराज खड्का र ईलाका प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञान कुमार महतोलाई बिभागिए कार्वाही गर्ने निर्णय गरिएको हो भने प्रहरी निरिक्षक नवीन सिंह सहित दुई प्रहरीलाई निलम्बन पनि गरिएको हो ।