रौतहटमा आत्म हत्या गर्नेको संख्यामा बृद्धि

रौतहट । असोज १५ गते
रौतहटमा बिहीबार एक जनाले आत्म हत्या गरेको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.६ बसन्तपट्टी टोलका एक जनाले आफ्नै गोठ घरमा पासो लगाई झुण्डी आत्म हत्या गरेको छ । बिहीबारको दिन करिब साढे ७ बजेको समयमा परोहा नगरपालिका वडा नं.६ बसन्तपट्टी टोल बस्ने प्रेमलाल साहको छोरा बर्ष २० को रामप्रवेश साहले आत्म हत्या गरेकोे हो । घटनाको खबर प्राप्त हुना साथ तत्काल ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोली घट्नास्थलमा पुगेको थियो । घट्नास्थलको प्रारम्भिक अनुसन्धान गर्दा गोठ घर भित्रबाट चुकुल लगाएको अवस्थामा प्रहरी र स्थानीयहरुको रोहबरमा ढोका फोडी हेर्दा निज पासो लगाई झुण्डीएर मृत अवस्थामा देखिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा सो घटनाको मुचुल्का टोली खटाएर शवको जाँच मुचुल्का गरिएको हो । शवलाई पाष्टमार्टम गरि मृतककोे आफन्तलाई अन्तिम संस्कारको लागि बुझाईएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।