कटानी बजारकी राउतको गरुडा प्रहरीको महिला बालबालिका सेवाकेन्द्रको हिरासतमा मृत्यु

रौतहट । असोज १५ गते
प्रहरीको महिला तथा बालबालिका सेवाकेन्द्र गरुडाको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालीका २ कटानी बजारकी राधिका राउतको गरुडा स्थित प्रहरीको महिला बालबालिका सेवाकेन्द्रको हिरासतमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले महिलाको हिरासतमा मृत्यू भएको पुष्टि गरेका छन् । गुजरा नपाको कटानी बजारका सम्राट तामाङ र राधिकालाई उनका श्रीमान सुमन राउतले अनैतिक सम्वन्ध राख्दैगर्दा देखेको भन्दै बुधबार साझ वडाअध्यक्ष अशोक कुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए । रंगपुर प्रहरी चौकीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएपछि दुबैको स्वास्थ्य जांच गराएर हिरासतमा राखिएको थियो । चन्द्रनिगाहपुर स्थित कार्यालयको हिरासतमा महिलालाइ राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवाकेन्द्रमा राख्न उनलाइ लगिएको थियो । मृतक राधिकाले आफु छारे रोगको बिरामी भएको र लामो समय देखी औषधि सेवन गरिरहेको प्रहरीलाइ जानकारी गराएको बताइएको छ । स्वास्थ्य जांच गर्ने क्रममापनि आफु छारे रोग बिरामी भएको बताएको प्रहरीले जनाएको छ ।
गुजरा नपा २ का वडाअध्यक्ष थारुले राधिकाले लामो समय देखी छारे रोगको उपचार गराईरहेको बताएका छन ।