मेलामा झगडा हुँदा आधा दर्जन घाईते

बारा, २१ मंसिर । गढीमाई मेलामा पसल राख्ने बिषयमा विवाद हुँदा भएको झडपमा दुबै तर्फ आधा दर्जन घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको फुटेछ तथा उनी गम्भिर घाईते भएका छन् । झडपमा संलग्न भएको आरोपमा दुबै तर्फबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका वडा नम्बर–१ शसुरालीमा बस्दै आएका रुस्तम चुरिहार र सोही ठाउँका आरिफ आलम विच मेलामा अरु ब्यक्तिले छोडेर गएको जग्गामा आफुहरुले पसल राख्ने बिषयमा शनिवार साँझ झगडा भएको हो । झडपको क्रममा रुस्तमको टाउकोमा आलमले रडले प्रहार गर्दा उनको टाउको फुटि गम्भिर घाइते भएको स्थानीयहरुले बताएका छन् । घाइतेको मेला स्थित राखिएको स्वास्थ शिविरमा प्राथमित उपचारगरी थप उपचारको लागि वीरगंज पठाइएको बारा प्रहरीले जनाएको छ ।