बलात्कार आरोपमा डाक्टर सिंह पक्राउ

रौतहट, २१ मंसिर । रौतहटमा एक महिलालाई बलात्कार गरेको आरोपमा डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो । गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उत्तर सरुअठा हेल्थ पोस्टमा ल्याई रातभर थुनेर बलात्कार गरेका थिए । पिडत महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ । उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताउनु भयो । पिडितको जाहेरीपछि डाक्टर सिंहलाई नियन्त्रणमा लिई जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनु भयो ।