नेपाली सेना द्धारा बम निष्कृय

रौतहट, २१ मंसिर । रौतहटको राजपुर नगरपालिका वडा नम्बर–७ अकोलवामा फेला परेको बम नेपाली सेनाले निस्कृय बनाएको छ । इँटाभट्टामा प्रेसर कुकरमा तार जडित बिस्फोटक पदार्थ शनिवार सेनाले निस्कृय पारेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बम कसले र किन राखेको भन्ने बारे खुलि नसकेको र प्रेसर कुकरमा तार जडानगरि राखिएको बमलाई नेपाली सेनाले आज निष्कृय बनाएको उहाँले बताउनु भयो ।