रामको परिवारलाई किरिया खर्च बापत रामजी शाहद्धारा ३१ हजार रुपैयाँ आर्थिक सहयोग

आरएन पटेल

रौतहट । भदौ १२ गते
रौतहटमा धारिलो हतियार प्रहार गरि हत्या गरिएका निरन्जन रामको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी शाहले निरन्जनको किरिया खर्च बापत उनको परिवारलाई ३१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
साहले आफ्नो जन्मदिनको अवसरमा मृतक यूवाको बुवा नन्दलाल रामलाई कृयाखर्चका लागि ३१ हजारको चेक हस्तान्तरण गरि आर्थिक सहयोग गरेको छ ।
साथै दोषीलाई छानबिन गरि तुरन्त कारबाही गर्नु पर्ने माग गरेका छन् ।
गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका जिङडियाका रामको धारिलो हतियारले घाँटी रेटि उनका साथीहरुले हत्या गरिएको थियो । हत्या आरोपमा पक्राउ परेका सात जना निरन्जनको साथीमध्ये विजय रामको प्रहरी हिरासतमा मृत्यु भएको छ भने अन्य ६ जनामाथि थप अनुसन्धान भइरहेको छ ।