सरकारको बिरोधमा रौतहटमा प्रदर्शन, गिरीलाइ समर्थन




रौतहट । जेष्ठ ३०
जनता समाजबादी पार्टीक नेतृ तथा संधिय सांसद सरिता गिरिको घरमा तोडफोड गरेको बिरोधमा गौरका युवाहरुले सडकमा उत्रेका हुन् ।
गौरको मधेश क्रान्ति चौक विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । आन्दोलनमा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै उभिएर केही बेर विरोधका नारा लगाएका थिए ।
ओलि देउवा राष्ट्रिय घाती हुन , गिरी होइनन् लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए ।
कोरोना र गिरीको बिबाद्लाइ लिएर सरकारको चौतर्फी विरोध सुरु भएको छ ।
गौरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।