मेयर पटेलले गरे देवाहीमा स्वास्थ्य चौकी भवनको शिलान्यास


रौतहट । जेष्ठ ३०

रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहीमा आज स्वास्थ्य कार्यालय भवनको शिलान्यास गरिएको छ ।
नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका छन ।
देवाहीमा स्वास्थ्य भवनको अभावमा विरामीलाई उपचार गर्न समस्या हुँदै आएकोले भवनको निर्माण कार्य प्रारम्भ गरिएको हो ।
नगरपालिकाको लाखौको लागतमा उक्त भवन निर्माण हुन लागेको नगर प्रमुख पटेलले बताए ।
भवनको निर्माण कार्य असाढ अन्तिम सातासम्म सम्पन्न गरिसक्नुपर्नेछ ।
पछिलो समय विश्व नै कोरोना महामारीको कारण अस्तव्यस्त रहेको अवस्थामा जिल्लाका कयौ स्थानीयतहहरुमा विकास निर्माणका काम प्रभावित भएको छ तर देवाही गोनाही नगरपालिकाका मेयर पटेलले सामाजिक दुरी कायम राख्नुका साथ उच्च सतर्कता अपनाएर आफना नगरमा दु्रत गतिमा विकास निर्माणको काम देखी लिएर अन्य कामकाज पनि अगाडि बढाएका छन ।