नेपाल नाई संघले बुझाए चार सुत्रिय माग सहित ज्ञापन पत्र

रौतहट । जेष्ठ ३० गते
बिभिन्न चार सुत्रिय माग राखी नेपाल नाई संघले बिहीबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । नेपाल नाई संघका अध्यक्ष रामधारी ठाकुर, प्रदेशनम्बर २ का उपाध्यक्ष बिनोद ठाकुरले संयुक्त रुपमा नाई श्रमिकहरुको माग सहितको ज्ञापन पत्र ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर हुदै जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाएको हो । ज्ञापन पत्रमा लकडाउनको अबधिको कोठा भाडा र पसल भाडा छुटको ब्यबस्था हुनु पर्ने, बैक तथा सहकारी संस्था बाट लिएको नाईश्रमिकको ऋण ब्याज छुट हुनु पर्ने, सरकार बाट सम्पुर्ण शैलुनमा काम गर्ने श्रमिकहरु लाई अनिबार्य रुपमा मास्क, सेनिटाईजर, पिपीई, ग्लब्स निशुल्क उपलब्ध गराएर शैलुन खोल्ने बाताबरण बनाईदिनु पर्ने, नाई श्रमिकहरु लाई राहतको ब्यबस्था हुनु पर्ने माग नेपाल नाई संघले राखेको अध्यक्ष रामधारी ठाकुरले बताउनु भयो । मागको सम्बोधन नभए नाई श्रमिकहरु आन्दोलनमा उत्रिने प्र्रदेश नम्बर २ का उपाध्यक्ष बिनोद ठाकुरले बताउनु भयो ।