साईकलसहित लड्ेका युवकको मृत्यु
बारा, २९ साउन । आफ्ैले चलाएको साईकलसहित लड्ेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल निवासी अंगद साह कानुको अन्दाजी बर्ष १७÷१८ को दिपेश साह कानु रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सेन्ट्रिङ्गमा काम गर्न घरबाट खाना खाएर बुधबार बिहान निस्केको दिपेश सोही ठाउँको वडा नम्बर–१० गंजभवानीपुर स्थित प्रहरी पोष्ट नजिकै साईकलसहित खेतमा लडेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक रामउद्या शर्माले बताए । मृत्तक दिपेशको शव परीक्षणगरी यस घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । कामको शिलशिलामा उनको बुबा अंगद खाडी मुलुक बिशेषमा गएको तथा दिपेश बाल्य अवस्थादेखि छारे(मृर्गी) रोगबाट ग्रस्ति रहेको मृत्तक दिपेशका आमा बच्चीदेवी कनुईनले बताए ।