रौतहटको जयनगरमा नेपालकै ठुलो फर्निचर प्रदर्शनी मेला शुरु

रौतहट जिल्लाको मध्य भागमा रहेको व्यपारको नगरी गरुडा नगरपालिकाको वार्ड न १ मा पर्ने जयनगरमा नेपालकै सबै भन्दा ठुलो फनिचर मेला लागिरहेको छ । वशन्त पन्चमीको आगमण सगै यो मेला हरेक वर्ष वशन्त पञ्चमी देखि लाग्न शुरु हुन्छ ।


यस फनिचर मेलामा विभिन्न किसिमको फनिचर जस्तै पलङ्ग, कुर्सी, टेवल, झ्याल, किचेन, लो बेड आदी सबै फनिचरको समाग्रीहरु पदर्शणीमा राख्ने गर्दछन । यो मेला विगत १० वर्ष देखि गौर बाट चपुर जाने विरेन्द्र राजमार्गमा पर्ने जयनगर चौकमा लागने गर्दछन जुन गरुडाबाट ६ किलो मिटर दुरीमा पर्छ भने रौतहटकै प्रख्यात तिर्थ स्थल शिवनगरबाट करिब ३ किलोमिटर दक्षिण दिशामा लाग्ने गरेका छन ।


यो मेला पहिले शिवनगरमा करिव २० वर्ष अगाडी देखि नै लाग्दै आइरहेको स्थानीयहरुको भनाई रहेको छ । तर अहिले यो मेला गरुडा नगरपालिकाको वार्ड न १मा पर्ने जयनगरमा लाग्ने गरेका छन । यसमा लाखौको संख्यामा वेड, कुर्सी, टेवल, दराज, झ्याल, ढोका आदी पाईने गरेका छन । यस मेलामा २० हजार देखि १ लाख ५० हजार सम्मको बेड रहेको मेला समितिको कोषा अध्यक्ष रामध्यान ठाकुरको भनाई रहेको छ । यो मेलाको फनिचरबाट गरिब मानिसहरुलाई पनि आफ्नो मन अनुसारको पलङ्गमा सुत्ने इच्छालाई पुरा गरेको वाहाको दावी समेत रहेको छ ।


तराइमा हुने विवाहमा छोरीलाई दिने विशेष फनिचरहरु यसै मेलाबाट किन्ने गरेको पाइएको छ । यसमा फनिचर लगाएत फलामबाट बन्ने विभिन्न किसिमको औजारहरु पनि पाईन्छ । जस्तै कता, खुर्पा, हसिया, वन्चरो, चुलेसी, बसुली, तरवार आदी पाईने गरिन्छ ।
उक्त मेला वशन्त पञ्चमी देखि शुरु भई शिवरात्री सम्म लागने मेला समितिले जानकारी गराएका छन । उक्त मेलाबाट प्रत्येक वर्ष २२ करोड सम्मको व्यापार हुने अनुमान समेत गरिएको छ ।