प्रेमचन्द्र झा
बैशाख १८ गते

रौतहट । मालपोत कार्यलय चन्द्रनिगाहपुरका कार्यलय प्रमुख भुपेन्द्र राई कथित राजा शैलीमा काम गर्न खोजेको सेवाग्राहीले आरोप लगाएका छन । बिना घुसको उनले कुनेै फाईल नहेर्ने गरेको एकजना सेवाग्राहीले गुनासो गरेकाे हो ।

केही महिना आगाडी मालपोत कार्यलय चन्द्रनिगाहपुरमा कार्यालय प्रमुखका रुपमा आएका राईले सो कार्यलयका कर्मचारीलाई समेत रैतीको जस्तो व्याबहार गर्ने गरेको कर्मचारीहरुको गुनासो रहेका छन ।
सेवा ग्राहीको काम लिएर कार्यालयमा जादां घुस्याहा प्रबृत्तिका राईका कारण समस्या श्रृजना भएको एकजना लेखापढी व्याबसायीको गुनासो रहेको छ ।

मालपोत कार्यलय चन्द्रनिगाहपुरका प्रमुख राईले सेवाग्राही संग हरेक फाईलमा रकमको डिल गर्ने गरेको समाचार स्रोतले बताएको छ । सर्बसाधारण जनतालाई जसरी पनि लुटने उनको प्रबृत्ति रहेका कारण कर्मचारी देखि लेखापढी व्यासायी समेत समस्यामा परेका छन ।

पछिल्लो समय कार्यलय प्रमुख राईका कारण सेवाग्राही मात्र हाेईन सो कार्यालयका कर्मचारी र लेखापढी व्यावसायीले सास्ती खेप्नु परेको गुनासो बढेका छन ।
यस सम्बन्धमा कार्यालय प्रमुख राईसंग सम्पर्क गर्दा आफुले कुनै काममा कसै संग आर्थिक लेनदेन नगरेको तथा कर्मचारीलाई दुख दिने काम नगरेको बताए ।

चन्द्रनिगाहपुर मालपोत कार्यालयका प्रमुख बारे जनगुनासाे बढेको कुरा मालपोत विभागका प्रवक्ता वेद प्रकाश अर्यालसंग राख्द यसको बारेमा आफुले विभागका महानिर्देशकलाई जानकारी गराई सकेको बताए ।
यातायात कार्यालय विरगंज पर्साबाट उनि सरुबा भई चन्द्रनिगाहपुर मालपोत कार्यालय आएका छन । यातायात कार्यालय जस्तै जनतालाई लुटन खोजेपछी स्थानिय लेखापढी व्यवसायी , सेवाग्राही र कार्मचारी प्रमुख राईको व्यवहारबाट दुखि भएका छन ।