जन्मोत्सवको अवसरमा वृक्षारोपण अभियान

रौतहट, ३ चैत्र ।
जन्मदिनको अवसरमा गोविन्द प्रसाद चौलागाईले वृक्षारोपण अभियान सञ्चालन गर्नु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ मरधरमा शनिबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण अभियान शुरु गरेको हो । चौलागाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हुन् ।
उहाँले भन्नुभयो, जिल्लाका विभिन्न क्षेत्रका वनहरुबाट दिन प्रतिदिन रुख कटान तथा काठ तस्करीको कारण वन विनास हुँदै आई रहेकाले कृषि योग्य नरहेका सार्वजनिक ठाउँमा वृक्षारोपण अभियान चलाउन लागेको बताउनुभयो ।
प्रत्येक नागरिकले आप्mनो जन्मदिनको अवसरमा फिजुलको खर्च गर्नु भन्दा प्राकृतिक र वातावरणलाई स्वच्छ सफा–सुग्धर बनाउन यस्ता पुण्य काम गर्नुको साथै समाजलाई सकरात्मक दिशातर्फ लैजान मैले यस्तो अभियान सुरु गरेको सहभागि सबैमा उहाँले अनुरोध गर्नुभयो ।
वृक्षारोपण कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुको साथ पाएमा मैले यो अभियान देश व्यापी लैजाने उहाँले भन्नुभयो ।
यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले बिरुवा रोप्नुको साथ साथै हुर्काउने दायित्व पनि उत्तिकै रहेको बताउनु भयो । सचिव चौलागाईले चालेको यो अभियान एकदमै सकारात्मक रहेकाले जन्म दिनको अवसरमा बिरुवा रोपेर साथ दिन अन्य नागरिकहरु पनि लाग्नु पर्ने केन्द्रिय सदस्य पुरीले आग्रह गर्नुभयो ।
यसैगरी जन–जागृती माध्यमिक विद्यालय सिन्धुरेघारीका प्राचार्य शत्रुधन साहले आफनो बिद्यालयमा अध्ययन गर्ने हरेक बालबालिकालाइ यो अभियानमा साथ दिन आफु प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
यसैगरी डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत अनिल कुमार महतोले यस्तै अभियान देशभरी चलाउनुपर्ने धारणा राख्नु भयो ।
वृक्षारोपण कार्यक्रममा चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव जनकराज भारती, प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिम्लसिना, प्रेस सेन्टरका अध्यक्ष सुब्बा कार्की, प्रेस युनियनका सचिव सागर हुमागाई, भद्रभलादमी, बुद्धीजिबी, समाजसेवी, शिक्षक, नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।