समता घरेलु लघुवित्त द्वारा अागलागी बाट पिडिटलाइ राहत सुविधा हस्तान्तरण गरियाे ।

जिल्ला राैतहट साविक गाविस जटहरा ८ हाल इसनाथ नगरपालिका वडा नं. ८, मनसरि टाेलमा बस्ने कृषणा मिश्रकाे घरमा चैत्र २६ गते राती ११ बजे अागलागी भएकाे थियाे । उत्त भिषन अागलागीमा निजकाे काठकाे बास,खरले छाएकाे घर,निजकाे १८ वर्ष छाेरी सुमन कुमारीकाे अनुहार समेत जलेकाे र घर भित्र रहेका पाडी -१,बाख्रा -२, पाठी-२,खसी – ३, माेवाइल -१ तथा घरकाे खधान समेत नगद रू६०,०००/- जली जम्मा रू८,००,०००/- अाठ लाख क्षति भएकाे थियाे । यत्त घटना लाइ मध्यनजर गरेर समता घरेलु लघुवित्त वित्तिय सँस्था लिमिटेडले शाखा कार्यालय सिम्राैनगढले इसनाथ नगरपालिका राैतहट वडा नं. ८, मनसरि टाेलमा बस्ने कृषणा मिश्रकाे श्रीमति चिन्ता मनि देविलाइ राहत सुविधा रकम रू४०,०००/- चेक मार्फत हस्तान्तरण गरेको छ । समता घरेलु लघुवित्त वित्तिय सँस्थाको शाखा कार्यालय सिम्राैनगढले इसनाथ नगरपालिका राैतहट वडा नं. ८, मनसरि टाेलमा बस्ने कृषणा मिश्रकाे श्रीमति चिन्ता मनि देविलाइ उक्त रकम हस्तान्तरण गरेको हो ।
समता घरेलु लघुवित्त वित्तय सँस्थाका कर्मचारीहरु निजकाे घरमा पुगी उक्त रकम हस्तान्तरण गरेको बताइएको छ । मनसरी टाेलमा आयोजित एक कार्यक्रमबीच समता घरेलु लघुवित्त वित्तिय सँस्थाको शाखा कार्यालय सिम्राैनगढकाे शाखा प्रबन्धक श्री हरिन्द्र चाैधरीले उत रकम चिन्ता मनि देविलाई संस्थाका अनुगमन अधिकृत विशेश्वर शर्माकाे उपस्थितिमा चेक मार्फत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संस्थाका विष्शिठ अतिथि संस्थाका अनुगमन अधिकृत श्री विशेश्वर शर्मा तथा अतिथिहरु प्रहरी सहायक निरिक्षक सुरेश मनि श्रेषट,इसनाथ नगरपालिका राैतहट वडा नं. ८, मनसरि का वडाध्यक्षक शेष खुशबुदिन, तथा स्थानीय भद्रभलादमी शेष अजिजर रहमान,नरेश कुमार साह,उदय चन्द्र मिश्र,राधिका देिव लगायतको उपस्थिति रहेको थियो ।
समता घरेलु लघुवित्त वित्तिय संस्था लिं शाखा कार्यालय सिम्राैनगढले सामाजिक उत्तर दायित्व तथा समाजलाई अागलागी बाट बचाउन प्रले मुख्य भुमिका निर्वाह गरेकोलाई मध्यनजर गर्दै समाजिक सुरक्षालाई अझै सबल तथा बलियो बनाउन अागलागी बाट बचाउन अभियान आवश्यकत्ता भएकोले उक्त रकम हस्तान्तरण गरिएको सँस्थाका अनुगमन अधिकृत विशेश्वर शर्माले जानकारी दिए । साथै आगामी दिनमा पनि यस्ता पिडितलाइ पुन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
समता घरेलु लघुवित्त सँस्थाको यस जिल्लामा संस्थाको ८ वटा शाखा कार्यालय रहेको तथा सो बाट सदस्यहरुलाई कर्जा , बचत ,विमा तथा विप्रेशन सेवा दिदै आएको सँस्थाले जानकारी दिएको छ । साथै यस सँस्थाले विभिन्न समयमा विभिन्न प्रकारका सीपमुलक तालिम, वित्तिय साक्षरता तथा जनचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आएको सँस्थाका अनुगमन अधिकृत विशेश्वर शर्माले बताइएको छ ।