रौतहटको विभिन्न नाकाबाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक तस्करी ।

रौतहट । २६ बैशाख २०८१ ।
रौतहटको बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेका हुन्। पछिल्लो समय रौतहटको बंकुल छोटी भन्सार बड़ा बंकुल, नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो। रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रियता बढेको देखिएको छ। भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार हुँदा हुदै जिल्लाको पश्चिमी भेगमा रहेको बंकुल बजार स्थितका छोटी भन्सार बंकुलमा खटिने सशस्त्र प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले बताएको छ। सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार घोड़ासहनबाट रौतहटको छोटी भन्सार बंकुल नाका भएर भारतीय ट्याम्पो तथा मोटरसाइकिलमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ।
रौतहटको मुख्य नाकाको रूपामा रहेका पाँच वटा नाका बेलबिछवा, गौर भन्सार, औरैया, रामपुर खापमा पाँच वटा बी ओ पी रहेका छन, जसमध्ये गौर भन्सार, बेलबिछवा, औरैया, रामपुरखाप र बी ओ पी सरमुजवा लगायतका बी ओ पी हरुमा सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा र नया निरीक्षकहरु बी ओ पी हरुमा आउने बित्तिकै तस्करहरुसंग साटघाट गरि राति राति र बिहान सेटिंगमा संगठित रूपमा तस्करी भइरहेको स्थानियहरु बताउछन ।
बी ओ पी सरमुजवा का सशस्त्र प्रहरी निरीक्षक अनिल खड़ाकाले भारतीय तस्करहरु संग भारतीय बजार घोड़ासहनमा गई भारतीय तस्करहरु झड़ौखारका श्याम सुन्दर साह, लैन बसवारियाका मोनू जयसवाल, अगरवाका अरविन्द साह जस्ता भारतीय कुख्यात तस्करहरुबाट मोटो रकम लिई बड़ा बंकुल र नरकटिया सिमा नाकाबाट नेपाली गिट्टी, बालुवा र अबैध मदिरा भारत लैजान सघाईरहेको तथा भारतबाट अबैध तयारी कुखुरा, स्पेयर पार्ट्स, कास्मेटिक आइटम, खाद्यान्न सामग्री लगायतका वस्तुहरूको ओसार पोसारमा सघाउ पुरयाएकोले राजस्व संकलनमा कमी आएको देखिएको छ ।
गौर भन्सारका प्रमुख अमरेंद्र कुमार सिंह संग कुरा गर्दा नेपाल भारतको खुल्ला सिमानाका भएको कारण तस्करी फस्टयाएको र आफु संग जनशक्ति काम भएको कारण लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको वहाले बताउनु भयो । सशस्त्र प्रहरीले सर्वसाधारणलाई दुःख दिने र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरु बताउँछन्। तस्करहरुसँग सशस्त्र प्रहरीलेको डिल भएकाले तिनीहरुलाई केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको स्थानीयहरुको गुनासो छ। बंकुल नाकाको छेउबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ। केही भारतीय खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौंको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ।
अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरुलाई रामराज्य बनाएका छन्। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन्।
सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन्। सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । तस्करीको सम्बन्धमा हेड क्वाटर ११ नम्बर गणका प्रमुख एस पी बिक्रम हुमागाई संग कुरा गर्दा मैले आफ्नो पाँच वटै बी ओ पी प्रमुखहरुलाई तस्करी नगराउन कड़ा निर्देशन दिएको र तस्करीमा संलग्न भएको पाइएमा कड़ा भन्दा कड़ा कार्यवाही गर्ने वहाले बताउनु भएको छ ।