रौतहत,साउन २५ गते
रौतहटमा पिसिआर मेसिन व्यवस्थापनको लागि माँग उठन थालेको हो । जिल्लामा कोरोना भाइरस कोविड १९ को संक्रमण समुदाय स्तर सम्म देखा पर्न थालेपछि यस्तो माग आउन थालेको हो । एक घर एक पिसिआर चेक गर्न पनि जानकारहरुले सुझाव दिन थालेका छन् । बौधिमाइ नगरपालिका का मेयर प्रत्यासी एवम् नेकपाका प्रदेश कमिटि सदस्य त्रिभुवन साहले पिसिआर चेकजाँचको दायरा बढाउनु पर्ने माँग गरेका छन् । यता सामाजिक संजालमा पनि जिल्लाको १८ स्थानिय तहका प्रमुखहरुले मिलेर पिसिआर मेसिन खरिद गर्न सुझाव दिएका छन् । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले पनि यस्तो सामाजिक संजालमा गरेका हुन् । निषेधाज्ञा र लकडाउनले कोरोना वास्तविक तथ्यांक बाहिर नआउने भन्दै यस्तो माँग अगाडी आउन थालेको हो । जब सम्म कोरोना चेकजाँचको दायरा बढाइदैन तबसम्म यस लाइ नियन्त्रण गर्न नसकिने भन्दै विज्ञहरुले एक घरमा कम्तीमा एकजना लाइ पिसिआर चेकजाँच गर्न सल्लाह दिएका छन्