निषेधाज्ञा जारी भएपछी रौतहटमा दोस्रो दिन सडक शुनसान


रौतहट ,२५ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो देखी जारी गरेको निषेधाज्ञाले पुर्व पश्चिम राजमार्ग र बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर गरुडा सडक खण्ड र मुख्य चौक कटहरिया मौलापुर समनपुर सुनसान बनेको छ । स्थानीय प्रशासनले जारिगरेको ९ दिने निषेधाज्ञाको दोस्रो दिन रौतहटमा पुर्ण प्रभाव देखिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुर लगायतका सबै बजारहरु हिजो बिहानै देखि बन्द रहेको छ । बजारमा रहेका औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसलहरु बन्द रहेका छन् । सार्वजनिक यातायातका साथै निजि गाडी पनि पुर्ण रुपमा बन्द रहेका छन । पुर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न, र अत्यावश्यक सवारी साधन , पास लिएका गाडी चलिरहेको छ भने अन्यलाई फर्काईएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका सई होम बहादुर भित्रीकोटिले जानकारी दिएका छन ।त्यस्तै जिल्लाको मुख्य चौक गरुडा शिवनगर कटहरिया मौलापुर समनपुर लगाएतका चौकमा प्रहरी परिचालन गरिको इलका प्रहरी कार्यलय गरुडा प्रहरी प्रमुख ज्ञान कुमार महतोले बताउनु भयो