पर्सा –श्रावण २५ गते। वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान गएको थियो ।
नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो ।
ती महिलालाई पहिला वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल , वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।
अन्तिममा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ ।