बारामा सङ्क्रमितको सङ्ख्या थप १७ जना

रौतहट । भदौ १३ गते
बारामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा बाराको सिम्रौनगढ नगरपालिकाका सात जना , महागढीमाई नगरपालिकाकाका एक जना र बारागढी नगरपालिकाका एक जना गरी गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराको कोरोना फोकल पर्सन शङ्कर प्रसाद गुप्ताले जानकारी दिनुभयो । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कलैया उपमहानगरपालिकाको तीन जना, प्रसौनी गाउँपालिकाका दुई जना, निजगढ नगरपालिकाका एक जना, ईटिहाइका एक जना र बकुलहरको एक जना गरी आठ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रवक्ता डा।अतुलेस चौरसियाले जानकारी दिनुभयो । योसँगै बारामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय ३५ पुगेको छ । सङ्क्रमित मध्ये ९७ जना कलैयास्थित गङ्गापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् भने सय ९५ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।बारामा हालसम्म १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।