गरुडा नगरपालिकाको पाँचौ नगरसभा सर्वसहमती रुपमा सम्पन्न

रौतहट, भदौ १५ गते ।
रौतहटको गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमवार सम्पन्न भएको छ । सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय गरुडाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ ।
नगर प्रमुख इनुराय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ६४ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना पाँचौ नगरसभाबाट ६४ करोड ८६ लाख ६७ हजार ३७० रुपैया बजेट पारित गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत आलमले जानकारी दिनुभयो ।
नगरपालिकाले गत वर्षभन्दा यस वर्ष ९ करोड बढी बजेट ल्याएको छ ।
यसअघि नगरपालिकाले आफना चौथौ नगरसभाबाट गत आर्थिक वर्ष २०७६÷०७७ का लागि ५५ करोड ४२ लाख ६७ हजार रुपैयाको आयव्यय सहितको बजेट पारित गरेको थियो ।