गरुडामा आज गरियो डिएसपी को पुत्ला दहन


रौतहट । भदौ १५ गते
निरन्जन रामको हत्या भएको आज १६ दिन हुँदापनि अहिलेसम्म निरन्जनका हत्याराहरु खुलेयाम घुमिरको साथै प्रहरीको कुटाईबाट ज्यान गुमाएका बिजय रामको हत्यारालाई पनी अहिलेसम्म केही कार्यवाही नभएकको प्रति घोर भर्तसना व्यक्त गरिएको छ । रौतहटको गरुडामा आज सोमबार डिएसपि ज्ञान कुमार महतो बिरुद्ध सयौं पुरुष र महिलाहरु आ आफ्नो हातमा झाडु लिएर थाल बजाउदै ईलाका प्रहरी कार्यालय गरुडाको अगाडी प्रर्दशन गरेका थिए । प्रर्दशनको क्रममा डिएसपी महतोको पुतला दहन गरिएको थियो । निरन्जन,बिजय राम हत्याकाण्ड संघर्ष समितीका अध्यक्ष सोनालाल रामले जब सम्म हाम्रो माग पूरा हुदैन तबसम्म आन्दोलन जारी नै रहने बताउनु भएको थियो । उनले भने हामी निरन्तर तीन दिनदिन देखि अनसनमा बसेका छौ तर अहिले सम्म जिल्ला प्रशासनबाट केही पहल न भएको र हामीलाई केही वास्ता न गरेको भन्दै आन्दोलन अरु चर्को हुने चेतावनी दिनुभएको छ । यस्तै भोलि मसाल जुलुस प्रदर्शन हुने पुर्व मन्त्री बिसेन्द्र पासवानले बताउनु भएको छ ।