निरन्जन र बिजयको हत्या भएको १६ दिन बितिसक्दा पनि कार्यवाही नहुनु निन्दनिय नेता कलिमुलाह


रौतहट । भदौ १५ गते
नेकपाका नेता एवम गरुडा नगरपालिकाको मेयर प्रत्यासी उम्मेद्वार शेख कलिमुलाहले निरन्जन र बिजय रामको हत्या भएको १६ दिन बितिसक्दा पनि हत्यारा माथी अहिले सम्मकेही कार्यवाही न भएकोमा निन्दागर्दै कडा कार्यवाीको माग गरेका छन । नेता कलिमुलाहले आज धर्नामा बसेर सम्बोधन गर्दै निरन्जन रामको हत्यारालाई बचाउन डिएस पि ज्ञान कुमार महतोले केही रकम लिएर निर्दोष बिजय रामलाई आफु हत्या गरेको हो । जबरजस्ती सकार गर्न लगाउदा,बिजयले सकार न गरेपछि निजलाई निर्घात कुटपिट गरेर होस्पिटलाइज गरेका थिए र कुटाईकै कारण बिजयको ज्यान गएको हो भन्दै सुरक्षा निकाय का प्रमुख संग घोर भर्तसना गरेका छन । साथै गृह मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालयबाट पठाईएको तीन सदसिय छानबिन समिति प्रति आफु असन्तुस्ट रहेको जनाएका छन । छानबिन समितिको घोर बिरोध गर्दै उक्त छानबिन समितीमा राष्ट्रिय मानव आयोग को प्रतिनिधि, दलित आयोग को प्रतिनिधि र मुस्लिम आयोगको प्रतिनिधि लाई राखेर छानबिन प्रकृया अगाडि बढाउन आग्रह गरेका छन । नेता कलिमुलाहले यि मागहरु पूरा न हुन्जेलसम्म र हत्यारालाई कार्यवाही न हुन्जेलसम्म आन्दोलन जारीनै रहने बताएकाछन ।