आरके श्रीवास्तव । रौतहट । आषाढ ११ गते
रौतहट जिल्लाको कटहरिया नपा अन्तर्गत विकास निमार्णको काम तिव्र रुपमा भइरहेको छ । नपाको वडा नम्बर ४ बलिरामपुर टोलमा सडक ढलानको कार्य लाइ सुरु गरिएको हो । नगर प्रवता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाको विशेष पहलमा तराइ समृद्धि विकास योजना अन्तर्गत ३० लाखको लागतमा सो ढलान कार्य लाइ अगाडि बढाइएको उपभोता समितीका अध्यक्ष भुइल दासले जानकारी गराए । वडाध्यक्षले नपा बाट वडामा आउने गरेको विकास निमार्णको काम बाहेक आफनो वडाको विकास ,स्तरोउन्ती र समृद्धि का लागि हरसम्भव पहल प्रयास गर्दै आएका हुन् । वडाको बलिरामपुर टोल स्थित दलित भवन देखि कर्कच कटहरिया जोडने बाटो सम्म १९५ मिटर लम्बाइ, १८ फिट चौडाइ, ८ इन्च मोटाइ ढलान कार्य लाइ हिजो देखि सुरु गरिएको वडाध्यक्ष कुशवाहाले बताए । यस अवसरमा वडा सदस्य सोनालाल साह,रामस्वरुप दास,छोटेलाल कुशवाहा,सर्फलाल महतो , लालबाबु दास सहितका व्यतीहरुको रोहबरमा सो ढलान कार्य लाइ सुभारम्भ गरिएको थियो । यसै साथ स्वास्थय इकाइ भवन,वडा कार्यालय ,सामुदायिक भवन र कटहरिया क्रिकेट ग्राउण्ड लगायत विभिन्न योजनाहरुको काम तिव्र रुपमा भइरहेको वहाँले बताउनु भयो । श्री जन्ता मावि कटहरियाको विधालय व्यवस्थापन समितीको अध्यक्षको रुपमा काम गर्दा आफनो कार्यकालमा नमुना विधालय र प्रविधिक शिक्षा लागु गराउन समेत सफल हुनु भएको कुरा वहाँले जानकारी गराउनु भयो ।