सडक निर्माणको लागि गंजभवानीपुरमा भौतिक संरचना भत्काईदै

आर्दशवाणी संवाददाता । रौतहट, ९ मंसिर । राष्ट्रिय ग्रामिण यातायात सृद्रिढिकरण (एस.एन.आर.टि.पी.) आयोजना अन्तर्गत गंजभवानीपुर बजारका भौतिक संरचना भत्काईएको छ । सडक बिस्तारका तथा सुधारका लागी गढिमाई मेलालाई लक्षीत गरी सडकको कामलाई तिब्रता दिन सडक फराकिलो बनाउन भौतिक संरचनाहरु भत्काईको छ । वडा अध्यक्ष द्धव महागढिमाई नगरपालिकाका वडा ३ का चन्दनकुमार साह र उपेन्द्र प्रसाद जैसवालको उपस्थितमा करीब १ सय जत्ति घर टहराहरु स्थानिय प्रहरी प्रशासनको सहयोगमा भत्काईएको छ । एस.एन.आर.टि.पी आयोजना अन्तर्गत बारा जिल्लाको कलैयादेखी पूर्व, मलाहीसम्म सडक निर्माण कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ । सो सडक १६ किलो मिटर निर्माण हुने भएकाले गंजभवानीपु, मलाहि र खोपवामा ३ किलो मिटर सडकको कालो पत्रे गर्ने काम बाकी रहेको छ । पूर्वाधार विकास कार्यालय पर्साको सम्पर्क इकाई कार्यालय बारा द्वारा सञ्चालित सो सडकको भौतिक प्रगती ७५ प्रतिशत अर्थात वित्तिय प्रगती पौने ४४ प्रतिशत पुरा भएको एस.एन.आर.टि.पि.का सूचना अधिकारी एवं् ईन्जिनियर दिपक मिश्रले बताउनुभयो । कलैयादेखी पूर्व गपुर, बगडमपुर, गडहल, बसतपुरसम्म कालोपत्रे सडकको निर्माण कार्य शतप्रतिशत पुरा भएको उहाँले जानकारी दिनुभयो ।