जनयुद्ध ३७ पत्रकारहरु मारिए

आर्दशवाणी संवाददाता । रौतहट, ९ मंसिर । नेपाल पत्रकार महासँघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसि लामिछानेले जनयुद्ध शुरु भएको बेलादेखि अहिले सम्म ३७ जना पत्रकारहरु मारिएको बताएका छन् । दण्डहिनता विरुद्धको अन्तराष्ट्रिय दिवस तथा प्रेस स्वतन्त्रता ¥याली पछि बिरगञ्जमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उहाँले जनयुद्ध हुरु भएदेखि हालसमम ३७ जना पत्रकारहरु मारिएको तथा ५ जना पत्रकारहरु अझैसम्म बेपता रहेको तथा उनीहरुको बारेमा अहिलेसम्म कुनै जानकारी नपाइएको बताउनु भयो । ३७ जना मारिएका पत्रकारहरु मध्ये ५ जना पत्रकारहरुको हत्यारा मात्रै कानुनको दायराभित्र आएको बताउदै लामिछानेले बाँकी २७ जना पत्रकारका हत्याराहरु अहिले पनि खुलेयाम रुपमा घमिरहेको जिकिर गर्नुभयो । कोण सभालाई सम्बोधन गर्ने बक्ताहरुले डाक्टर वकिल लगायतका पेशामा रहेकाहरुले सेवाग्राहीहरुसित फिस लिने गरेको तर, पत्रकारहरुले निःशुल्क रुपमा जनतालाई सुसुचित गरि उनीहरुको हक अधिकारको लागि लाग्दै आएको बताएका थिए । उनीहरुले पत्रकारहरुको पेशागत सुरक्षाको मोर्चामा पनि आफनो लडाई जारी रहेको बताउदै पत्रकारिता पेशामा डर आतँकको अवस्था अहिले पनि रहेको बताएका थिए । पत्रकारहरुलाई स्वतन्त्रता पुर्बक लेख्न र बाँचन पाउने अधिकारलाई राज्यले सुनिशिचित गर्नुपर्ने माँग गर्दै पत्रकारका हत्यारालाई कानुनले कारवाही गर्नुपर्ने माँगसमेत गरेका थिए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को आयोजनामा निकालिएको ¥याली वीरगन्जको घण्टाघरबाट शुरु भई माईस्थान, अलखियामठ, आदर्शनगर, घडिअर्वा हुदै पुनःघण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न पत्रकार संगठनका प्रतिनिधि अन्य सामाजिक संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।