पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि पत्रकारहरुमा सनत्रास

बारा, जेठ ५ गते । बारामा एक जना पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि पत्रकारहरुमा त्रास उत्पन्न भएको छ । संक्रमित पत्रकारलाई कलैया अस्पतालमा रहेको आइसोलेसनमा राखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले जानकारी दिए । संक्रमित पत्रकारको करैयामाई गाँउपालिका वडा नम्बर–५ तेतरियाटोल पुर्णरुपमा सिल गरिएको छ । संक्रमित पत्रकारको परिवारजनलाई क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । कलैया अस्पतालमा गत शुक्रवार पर्साका २ तथा बाराका ४० गरि ४२ जना पत्रकारहरुले परिक्षण गराएका थिए ।