यसकारण हुँदैन नेकपा विभाजन

काठमाडौं

आफूले भनेजस्तो नहुँदा आफ्नै पार्टी भत्काउदै आउनुभएका नेकपाका ‘कार्यकारी’ अध्यक्ष प्रचण्डसङ्ग पार्टी विभाजन गर्न नेपालको संविधान बमोजिम आवश्यक संसदीय गणित पुग्दैन । अर्कातिर जनताको बहुदलीय जनवादको वैचारिक पोखरीमा लामो समय पौडी खेलेका केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, यति सजिलै बिभाजनको दुई कित्तामा उभिने संभावना शुन्य प्रायः छ । बेग्लै कुरा हो कि पार्टीभित्र आफ्नो शक्ति सुदृढ गर्न एक नेताबाट अर्को नेताको प्रयोग हुन्छ, भईरहेछ

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राख्नुभएको भनिएको प्रस्ताव र त्यसलगत्तै पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटबाट गुज्रिरहेको र पार्टीको एकीकृत अस्तित्व कायम गर्न सबैले आआफ्नो तहबाट योगदान गर्नुपर्ने बताउनु भएपछि पार्टीमा राष्ट्रव्यापी तरंग उत्पन्न भएको छ । तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबीच एकता हुँदा वैचारिक भन्दा प्राविधिक एकतालाई प्राथमिकता दिइएको थियो । प्रतिशत र भागबण्डामा केन्द्रित एकता थियो ।संसदीय सिटमा भागबण्डा, मन्त्रीमण्डलमा भागबण्डालाई त गठबन्धनमा सामेल दुर्ई पार्टीको छुट्टै अस्तित्व भएको अवस्थामा स्वाभाविक मानिए पनि पार्टी एकता भएको लामो समय बितिसक्दा पनि तलदेखि माथिसम्म सबैतिर प्रतिसत र भागबण्डाबाहेक पार्टी संचालनको अरु तरिका नदेखिनु यो एकताको सबभन्दा अस्वाभाविक विषय बनेर आएको छ ।

बाम गठबन्धनले झन्डै दुइतिहाइ बहुमत ल्याएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखिनै पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत सबै शीर्षनेताहरुको ध्यान पार्टीको परिभाषित जिम्मेवारीमा भन्दा सरकारतिर सोझियो । र, देश र जनताको पक्षमा राम्रों काम गरिरहेको सरकारलाई पार्टी भित्रैबाट हरेक विषयमा हलो अड्काउन शुरु गरियो ।देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको स्वविवेकीय अधिकारलाई समेत पार्टीले सरकार चलाउने हो भन्दै अस्वभाविक हस्तक्षेप गर्ने निरन्तर प्रयास गरियो ।

शान्ति प्रक्रियापछि तत्कालीनमा ओवादीमा देखापरेको अराजकता, अस्तव्यस्तता र सत्ताको छिनाझपटी जस्ताको तस्तै नवगठित नेकपामा प्रवेश गराइयो । पार्टीको मूल नेतृत्वविरुद्ध निरन्तर रुपमा पार्टीभित्र र सार्वजनिक रुपमै आक्रमण गरियो । पार्टीका महत्वपुर्ण गोपनीयतालाई समेत शीर्ष तहबाटै अवान्छित तरिकाले चुहाईयो । पार्टीका ‘कार्यकारी’ अध्यक्षले आफ्नो पार्टीको सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्नेमा, प्रधानमन्त्रीलाई लोकप्रिय बनाउन भूमिका खेल्नुपर्नेमा त्यसको ठीक उल्टो सरकारलाई असफल र अलोकप्रिय बनाउन प्रतिपक्ष भन्दा बढी आलोचना र विरोधमा उत्रिनु, पार्टी प्रवक्ता पार्टीको आधिकारिक लाइनको प्रचार प्रसार गर्नुको सट्टा आफ्ना कुण्ठाको अन्टसन्ट प्रचार गरिरहनु नेकपाको सबभन्दा ठूलो विडम्बना हो । आफू तत्कालिन माओवादीको सुप्रिम कमान्डर हुदाँ पार्टीभित्रका आफ्ना आलोचकलाई लिनप्याओको बिल्ला भिराइहाल्ने प्रचण्ड पार्टी एकता भएलगत्तैदेखि पार्टीको मूल नेतृत्वलाई खुइल्याउन लिनप्याओकै भूमिकामा देखिनु आश्चर्यजनक मात्र छैन, खेदजनक पनि छ ।

पार्टीका ‘कार्यकारी’ अध्यक्षले आफ्नो पार्टीको सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्नेमा, प्रधानमन्त्रीलाई लोकप्रिय बनाउन भूमिका खेल्नुपर्नेमा त्यसको ठीक उल्टो सरकारलाई असफल र अलोकप्रिय बनाउन प्रतिपक्ष भन्दा बढी आलोचना र विरोधमा उत्रिनु, पार्टी प्रवक्ता पार्टीको आधिकारिक लाइनको प्रचार प्रसार गर्नुको सट्टा आफ्ना कुण्ठाको अन्टसन्ट प्रचार गरिरहनु नेकपाको सबभन्दा ठूलो विडम्बना हो । आफू तत्कालिन माओवादीको सुप्रिम कमान्डर हुदाँ पार्टीभित्रका आफ्ना आलोचकलाई लिनप्याओको बिल्ला भिराइहाल्ने प्रचण्ड पार्टी एकता भएलगत्तैदेखि पार्टीको मूल नेतृत्वलाई खुइल्याउन लिनप्याओकै भूमिकामा देखिनु आश्चर्यजनक मात्र छैन, खेदजनक पनि छ 

अर्कातिर देशको सार्वभौमिकता, स्वतन्त्रता, आर्थिक समृद्धिका लागि सवल पार्टी र राष्ट्र बनाउन अहोरात्र खट्नु भएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट आफूविरुद्ध पोखिएका हरेक प्रकारका विष पचाउदै आउनुभएको छ । अप्ठ्याराहरु पर्गेल्दै आउनुभएको छ । निरन्तरको घुर्की र धम्की सहन गर्दै आउनु भएको छ । अहिले अति नै भएपछि अनि जतिबेला पनि पार्टी फुटाउने धुनमा लागेको तथ्य बुझेपछि अब मिलेर जान सकिदैंन त भनेको हुनसक्छ । पार्टी विभाजनको जतिसुकै हल्ला गरे पनि नेकपा विभाजन त्यति सहज छैन । कसैको गणित कमजोर छ भने कसैको ईच्छा ।

आफूले भनेजस्तो नहुँदा आफ्नै पार्टी भत्काउदै आउनुभएका नेकपाका ‘कार्यकारी’ अध्यक्ष प्रचण्डसङ्ग पार्टी विभाजन गर्न नेपालको संविधान बमोजिम आवश्यक संसदीय गणित पुग्दैन । अर्कातिर जनताको बहुदलीय जनवादको वैचारिक पोखरीमा लामो समय पौडी खेलेका केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, यति सजिलै बिभाजनको दुई कित्तामा उभिने संभावना शुन्य प्रायः छ । बेग्लै कुरा हो कि पार्टीभित्र आफ्नो शक्ति सुदृढ गर्न एक नेताबाट अर्को नेताको प्रयोग हुन्छ, भईरहेछ । शान्ति प्रक्रियामा आएपछि अध्यक्षको हैसियतमा कमरेड प्रचण्डको पार्टी संचालनको ट्र्याक हिस्ट्री त्यति राम्रो छैन । संधै अराजकता, संधै विखण्डन । आशा गरौं, देशको भाग्य र भविश्य बोकेको नेकपामा यही नियतिको पुनरावृत्ति हुने छैन । आशा गरौं, कमरेड प्रचण्डको कमाण्डरी आक्रोश चाँडै साम्य हुनेछ र देशको स्थायित्व र समृद्धिमा उहाँको कारणले चिसो पानी खनिने छैन । सभार जनता टाइम्स