संक्रमित बालकको सम्पर्कमा आएका ३१ जनाको स्वाब संकलन

बारा, जेठ ५ गते । संक्रमित बालकको सम्पर्कमा आएका ७ जना सहित ३१ जनाको स्वाब संकलन गरिएको छ । गतजेठ १ गते काठमाण्डौमा कोरोना भाईरस संक्रमण पुष्टि भएका दोलखा घर भई हाल काठमाण्डौको चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका बालक बसेर गएको निजगढ नगरपालिका वडा नम्बर–१२ रामथली स्थित घरका आफन्तहरुको सोमबार पीसीआर विधि मार्फत कोरोना भाईरस परिक्षणकालागि स्वाब संकलन गरिएको छ । निजगढ नगरपालिकाका जनप्रतिनिधि सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुको स्वाब संकलन गरिएको हो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रहेका उनीहरुको स्वाब संकलनगरि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा पठाईएको निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले बताए ।