सुरक्षाकर्मीले धमाधम तस्करीको सामान पक्रन थाले


आरके श्रीवास्तव । रौतहट । अषाढ ४
रौतहट र बाराका सुरक्षाकर्मीले तस्करीका माध्यक्षले नेपाल भित्रयाएको तथा यता बाट अबैधरुपमा भारत लैजानलागेको सामान धमाधम बरामद गर्न थालेका छन ।
तिन दिनअघि मात्र रौतहट र बारामा सुरक्षाकर्मीकै मिलोमतोमा तस्करी हुँदै समाचार प्रकासन भएपछी दुबै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी सकृय भएका हुन ।
पछिलो तिनदिन भित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँचलाख बढीको बिभिन्न सामान, एकजना तस्कर र ३ थान तस्करीमा प्रयोग भएको मोटरसाईकल बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाही र प्रहरीचौकी मठियाको टोलीले ना ६५ प ५५४९,ना१०प ३९१५ र बिआर ०५ जेड ६३०२ नम्बरको मोटरसाईकल र २ लाख ३१ हजार तिनसय ५० मुल्य बराबरको बिभिन्न तस्करीको सामान बरामद गरेको गरेको छ ।
साथै तस्करीमा संलग्न बारा सिम्रौनगढ नगरपालिका ७ जानकी टोलका ३२ बर्षिय चुुनुुराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान पछी केही अभद्र ब्यवहार मुद्धा अन्तरगत कार्यवाही सुुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन ।
त्यसैगरी सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवा बंकुलको टोलीले दुईदिनमा ३ लाख बराबरको अबैध कपडा तथा हार्डवेयरका सामान बरामद गरेको रौतहट सशस्त्र प्रमुख एसपी रबीनराज कर्णजितले बताएका छन ।
बरामद कपडा र मोटरसाईकल आवश्यक कार्वाहीको लागी आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिएका छन ।
उता बारामा पनी सशस्त्र प्रहरीको टोलीले हिजोमात्र झण्डै ६ लाख मुल्य बराबरको छोकडा नेपाल बाट भारत तर्फ लैजान लागेको क्रममा बरामद गरेको थियो ।