मेयर साहले गरे मौलापुर २ मा वडा कार्यालयको सिलान्यास


आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३०
रौतहट जिल्लाको मौलापुरको नगर प्रमुख रिना साहले मौलापुरमा आज वडा कार्यालय २ को भवनको शिलान्यास गरेकी छिन । सो नगरपालिका का वडा न २ को अनुमानित १ एक करोड लगतको लगानिमा बन्न गईरहेको प्रमुख रिना साहले बताएकी छिन । झण्डै दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवनको पनि यस आ.ब. मा तिस लाख मात्र बजेट बिनियोजन गरिएकोछ ।
कोरोना संत्रास एवं लकडाउनको कारण निर्माण कार्यमा ढिलाई भए पनि समयमा सम्पन्न गरि छाड़ने निर्माणकर्ताहरूको प्रतिबद्धतालाई उच्च सम्मान गर्दै शिलान्यास गरिएको छ ।
उपप्रमुख गौरि शंकर जयसवाल र वडाध्यक्ष श्री भगवान राउत लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दूरी कÞायम गर्दै शिलान्यास कार्यक्रम सम्पन भएको नेकपाका नेता भोला पाण्डेले बताए ।