रौतहटमा कोरोना भाइरस संक्रमित बढेको बढयै

रौतहट । आषाढ ०५
रौतहटमा कोरोना भाइरस संक्रमित बढेको बढयै छ बिहिवार सम्म रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या रौतहटमा झण्डै ११ सय पुगेको छ ।
बिहिबार मात्रै ३४ जनामा कोरोना पोजेटिभ थपिए संगै रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या ११ सयको हाराहारीमा पुगेको हो ।
बिहिवारको रिपोर्ट अनुसार ईशनाथ नपामा २४, राजपुरमा ७ जना, गौरमा २ र परोहामा १ जना गरी कुल ३४ जना नया संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यो संगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुगेको सिडिओ बाशुदेव घिमिरेले बताए ।
जिल्लाभरीमा कोरोना भाईरस जितेर संक्रमित २ सय ४८ जना घर फर्किसकेका छन ।
जिल्ला प्रशासनको तथ्यांक अनुसार रौतहटमा हालसम्म ७हजार ८८४ जनाको स्वाब संकलन भएकोमा , ५ हजार ३४० को निगेटिभ र १०९४ जनाको पोजिटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यसैगरी कुल ११ सय ५९ जनाको आरडिटि परिक्षण भएकोमा ११ जनाको पोजिटिभ र अन्यको निगेटिभ आएको नायब सुब्बा रामनरेस साहले बताएका छन ।
जिल्लाको बिभिन्न स्थानमा कुल १० हजार दुईसय ४४ बेडको क्वारेन्टाईन रहेकोमा दुईसय २७ महिला सहीत ४ हजार ७२ जना संकास्पद बिरामी हरेका छन ।
हालसम्म लगातार १३ दिन बसेर निको भई क्वारेन्टाईन बाट कुल ६ हजार ९ सय ४ जना घर फर्किसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।