श्रीमावि विश्रामपुरमा सिभिल इन्जिनियरङ्ग पढाइ हुने

रौतहट । अषाढ ०४
रौतहटको बृन्दावन नगरपालिका ३ मा रहेको श्री माधमिक बिद्यालय बिश्रामपुरमा सिभिल इन्जिनियरङ्ग पढाइ हुने भएको छ ।
प्रदेश २ का समाजिक बिकास मन्त्रालय तथा शिक्षा बिकास निर्देशनालयबाट रौतहटका जनता समाजवादी पार्टीका नेता कन्थमनी प्रसाद जयसवालको पहिलमा २५ लाख रकम बिनियोजना भएको छ ।
शिक्षा क्षेत्रमा रौतहट निकै पछि रहेको अवस्थामा सामाजिक बिकास मन्त्रालय तथा शिक्षा बिकास निर्देशनालयबाट सिभिल इन्जिनियरिङ्ग शुरुहुन लागेको जयसवालले जानकारी दिएका छन ।