अक्सफाम र आरडिसी नेपाल द्धारा रौतहटको बिभिन्न स्थानमा हेन्डवास स्टेशन स्थापना

रौतहट । अषाढ ०४
अक्सफाम नेपालको सहयोग तथा आरडिसी नेपालको आयोजनामा रौतहटको बिभिन्न स्थानमा हातधुनका लागी हेन्डवास स्टेशन स्थापना गरीएको छ ।
मगलवार तीन स्थानमा र बुधवार ७ स्थानमा हातधुने स्टेशन स्थापना गरीएको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले जानकारी दिएका छन ।
फतुवाबिजयपुरको दुधिअवा मा , मौलापुरको पथरा, लक्ष्मिनिया मा गौरको नर्सिग इन्ष्टिच्युटमा , गौर आखा अस्पतालमा , राजदेवी नपाको पताही क्वारेन्टाइन लगाएत का स्थानहरुमा आरडिसी नेपालको आयोजनामा हात धुने स्टेशन स्थापना गरीएको छ ।
मानिसहरुको चहलपहल र आवतजावत हुने सार्वजनिक स्थल तथा नाकाहरुमा हात धुनका लागी व्यवस्था गरीएको आरडिसी नेपालका अध्यक्ष पारस हुसैन ले जानकारी दिएका छन ।
पानी ट्याकी, धारा सहित को हातधुने व्यवस्था छ । हातधुने पानी निकाल्नका लागी खुट्टा थिचेपछि धारामा पानी आउने सुबिधा बनाइएको छ ।