नागरिकता कानूनको बिरोधमा भाजपा पछाडी

दिल्ली, ७ पुस । नागरिकता कानुनको विरोधमा आन्दोलन चर्किइरहेका बेला झारखन्ड राज्यमा भएको निर्वाचनको सुरुवाती नतिजामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछाडी परेको छ । सुरुवाती मतगणनामा विपक्षी कांग्रेस, राष्ट्रिय जनता दल र झारखण्डको सत्तारुढ झारखण्ड मुक्तिमोर्चाको गठबन्धनले बहुमत स्थानमा अग्रता लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मतगणना भएका ८१ स्थानका लागि भएको मतदानमा कांग्रेस गठबन्धनले ४२ स्थानमा अग्रता लिएको छ भने भाजपाले २८ स्थानमा अग्रता लिएको छ । भारतको झारखण्ड विधानसभामा कांग्रेस नेतृत्वको गठबन्धले बहुमत हासिल गर्ने संकेत देखिएको छ । अन्य दल ११ सिटमा अगाडि रहेका छन् । बहुमतका लागि ४१ सिट आवश्यक पर्छ । झारखण्डमा पाँच चरणमा निर्वाचन गरिएको थियो । कडा सुरक्षाबीच मतगणना जारी रहेको छ । राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले झारखण्डमा महागठबन्धन विजयी हुने र हेमन्त रोरेन मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।