खेलाडीहरु सम्मानित

बारा, ७ पुस । कलैया उपमहानगरपलिकाका नगर प्रमुख राजेशराय यादवले झापामा भएको बंगलादेश, भारत र नेपाल बिचको करांते डोजो प्रतियोगितामा बाराबाट सहभागी भएका खेलाडीहरुलाई एक कार्यक्रमका बिच आज सम्मान गर्नु भएको छ । प्रतियोगितामा ४५ किलोमा प्रथम भएका अफरोज आलम, ४० किलोमा प्रथम भएका राहुल मण्डल, ५५ किलोमा तेस्रो भएका ध्रुव राम, सम्मानजनक अंक ल्याएका रोहन यादव र राहुल कुम्हाललाई नगर प्रमुख यादवले फुलमाला लगाएर सम्मान गर्नु भएको हो । वहांले खेलाडीहरुलाई चाहिने आवश्यक सामाग्री उपमहानगरपालिकाले सहयोग गर्दै आएको र खेल जगतलाई अगाडि बढाउने खेलाडीहरुको मनोबल बढाउन उपमहानगरपािलका तयार रहेको प्रतिबद्धता जनाउनुभयो । सम्मान कार्यक्रममा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिह, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंस यादव, सरोज साह, करांते डोजोका प्रशिक्षक प्रभु मण्डल लगायतको सहभागिता रहेको थियो ।