मौलापुरमा बृक्षारोपणको लागि बिरुवा बितरण सुरु, फल र फुल दुबै बोट दिइने मेयर साहको प्रतिबद्धता

रौतहट । असार २२ गते
रौतहट जिल्लाको बिकशीत नगरपालिकाको रुपमा चिनिने मौलापुर नगरपालिकामा आज देखि बृक्षारोपणको लागि बिरुवा बितरन गरिने कार्यको प्रारम्भ गरिएको छ ।
मौलापुर नगरपालिकाको वडा न ५ पतौरामा ३ हजार बिरुवा बृक्षारोपणको लागी बितरण गरिएको छ । आफ्नो घर अगाडिको आङनमा बिरुवा रोपौ हरियाली बढाउ र मौलापुर हरियो सहर अभियानलाई सुरु गर्दै पहिले दिन पतौरामा ३ हजार फल फुल र मसलाको बोट बृक्षारोपणको लागि बितरन गरिएको मौलापुर नपाको प्रमुख प्राशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी गराएका छन।

बाकी रहेको वडा मा पनि भोलि देखि निरन्तर रुपमा फल र फुल दुबै बोट बितरन गरिने मौलापुर नपाको मेयर रिना कुमारी साहले प्रतिबद्धता गरेकी छिन ।