सात बर्षिय बलत्कृत बालिकालाई आर्थिक सहयोग

बारा, २१ मंसिर । सात बर्षिय बलत्कृत बालिकालाई रोटरी क्लब अफ वीरगंजले २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको पीडितको परिवारजनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कुनै समस्यामा नहोस् भनी सहयोग प्रदान गरिएको रोटरी क्लब वीरगंजका अध्यक्ष डा.आनन्द कुमार झाले बताउनु भयो । डा.झा सहित रोटरी क्लवका सदस्यहरुबाट संकलित २५ हजार रुपियाँ पीडित बालिकाकी आमालाई हस्तान्तरण गर्नु भएकाने हो । मंगलबार दिउँसो बालिका बलत्कृत भएपछि अवस्था गम्भिर रहेकाले कलैया अस्पतालमा उपचार सम्भव नभएपछि वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइ रहेको र अहिले सामान्य भएको बाराका प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताउनुभयो । भारत बिहारकी ७ बर्षिय बालिका मामा घर कलैया उप–महानगरपालिका–४ सुन्दरबस्ति टोलमा गढीमाई दर्शनका लागी आफनो अभिभावकसंग आएकी थिईन् । यो घटना दिउसो भएपनि हामीलाई भने राती खबर आएकाले यसको प्रमाणसबै नष्ट भएको कारण दोषी बलत्कारीलाई पक्राउगर्न ढिलाई भएको हो ।