फोहोर प्रशोधन केन्द्रमा पाँच हजार बिरुवा रोपियो

पर्सा, २१ मंसिर । लयान्स क्लव अफ वीरगंज गेटवे र पप्पु कन्स्ट्रक्सनको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नम्बर–१६ स्थित फोहोर मैला प्रशोधन केन्द्र परिसर भित्र वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिवारदेखी शुरु गरिएको वृक्षारोपण कार्यक्रम अन्तरगत पाँच हजार विरुवा रोपिएको पप्पु कन्स्ट्रक्सनका संचालक सुमित रौनियारले जानकारी दिनुभयो । फोहोर प्रशोधन केन्द्रमा विशेषगरी अक्सिजन प्रदान गर्ने र दुर्गन्ध हटाउने प्रजातिका बनस्पति निम, लहरे पिपल, तुलसी लगायतका विरुवा रोपिएको लायन्स क्लव अफ वीरगंज गेटवेका अध्यक्ष महेश्वर प्रसादले बताउनुभयो । वृक्षारोपण कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठ, अनुप अग्रवाल, रमेश अग्रवाल, रामविहारी पाण्डे लगायतको सहभागिता रहेको थियो ।