घुस लिदै बिद्युत प्राधिकरणका फोरमैन अख्तियार द्वारा पक्राउ
आर्दशवाणी संवाददाता । बारा, ५ मंसिर । घुस लिदै गर्दा नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र कलैयाका फोरमैनलाई बिहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बितरण केन्द्र कलैयाका फोरमैन(हेल्पर) राजदेव महतो कोईरी रहेका छन् । फोरमैन कोईरीले नयाँ मिटर जडानगर्न सेवाग्रहीसँग ९ हजार रकम माथिल्लो कर्मचारीलाई घुस खुवाउन माग गरेका थिए । सो सेवाग्रहीको बुबाको नाउँमा पहिलादेखी बिद्युतको रकम करिब ५० हजारबढी बाँकी बक्यौता रहेका पनि त्यसलाई डिसमिसगरी सेवाग्रहीको पत्नीको नाउँमा नयाँ मिटर जडान गरिदिने सहमती अनुसार कोईरीले घुस रकम लिई रहेको अवस्थामा बिद्युत कार्यालय अगाडीको पसलबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका कोईरीलाई आवश्यक कारवाहीका लागि आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडा हुँदै केन्द्रिय कार्यालय टंगाल ल्याउने अख्तियारका प्रवक्ता प्रदिप कुमार कोईरालाले बताउनुभयो ।