गढीमाई मेलामा पाँच हजार बढी राँगा चढाइयो

आर्दशवाणी संवादादाता । बारा, १७ मंसिर । गढीमाई मेलामा मंगलबार बिहान पंच बली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पंच बलीको पुजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायोगरी पंचबली दिएपछि राँगा बली दिने चलन रहेको छ । मंगलवार दिनभरी राँगाको बली दिने तथा बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिने कार्य हु्ने गढीमाईका पुजारी मंगल चौधरीले बताउनुभयो । नेपालमात्रै नभइ भारतबाट पनि बली चढाउन आउनेहरुको संख्या उल्लेख्य छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पुरा भएपछि भाकल दिन यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरा लगायतको असँख्यमा बली दिन आउने गरेका छन् भने गढीमाईको दर्शन तथा मेला भर्न लाखौं भक्तजन आउने गरेका छन् ।