
टे«क्टरले कुलिच्दा दर्शनार्थीको मृत्यु
आर्दशवाणी संवाददाता । बारा, १७ मंसिर । गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको टे«क्टरले कुलिच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेको बारा प्रहरीले जनाएको छ । गढीमाईको मन्दिर नजिकैको उत्तरपट्टीको पाकिङ्गस्थलमा मंगलवार विहान १ बजे सपरिवार सुति रहेको अवस्थामा नम्बर नरहेका अनटेष्ट बलवान टे«क्टरले पछाडी गर्ने क्रममा टेलरको चाकाले रायको टाउकोनै कुलिच्दा घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । मृत्तक रायको शव परीक्षणगर्न गएराती नै जिल्ला अस्पताल कलैयामा ल्याइएको तथा टे«क्टर प्रहरी नियन्णत्रमा रहेको बारा प्रहरीले जनाएको छ । दुई दिनअधि गढीमाईको मेला देखेर घर फक्रिने क्रममा भारतीय नम्बर प्लेटका मोटरसाईल अनियन्त्रित भई बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर–४ हर्दिया निवासी २० बर्षिय बृजप्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
