कोरोनाका कारण रौतहटमा पहिलो मृत्यु


रौतहट । आषाढ १५ गते
रौतहटमा पहिलो पटक कोरोना भाईरस संक्रमण बाट एकजना युवकको मृत्यु भएको छ । कोरोना बाट संक्रमित भैइ फतुवा बिजयपुर ७ का २९ बर्षिय युवकको गएराती मृत्यु भएको हो । लामोसमय देखि हृदय रोग बाट ग्रसित युवकको उपचारको क्रममा ललितपुर स्थित स्टार अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक लाई कोरोना भाईरस संक्रमित पुष्टि भएको छ । फतुवा बिजयपुर नगर स्वास्थ सहसंयोजक प्रभु पटेलका अनुसार पछिल्लो लामोसमय देखि हृदय रोग बाट ग्रसित उक्त युवकलाई केहिदिन अघि उपचारको लागि बिरगंज स्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे । बयोधामा अवस्था सुधार नहुंदा गत शुक्रबार राती एम्बुलेन्स बाट ललितपुर स्थित स्टार अस्पतालमा पठाएको सहसंयोजक पटेलले जानकारी दिएका छन । मृतक युवक त्यस अघि वीर अस्पतालमा पनि केहिसमय भर्ना रहेको पटेलले बताएका छन । कोरोना संक्रमण बाट मृत्यु भएको पुष्टि संगै उनको परिवारका सबै सदस्य र एम्बुलेन्स चालक सहित उनको परिवारका सबै सदस्यलाई फतुवा बिजयपुर स्थित आज क्वारेन्टाइनमा राखिएको छ । रौतहटमा हिजो सम्म कोरोना संक्रमितको संख्या ११सय ८९ पुगेको थियोे । रौतहटमा कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ७१ रहेको सिडियो बाशुदेव घिमिरेले जनाएका छन । रौतहटमा कोरोना बाट २ जना वडा अध्यक्ष सहित केही कर्मचारी संक्रमित हुंदा ईशनाथ र बौधिमाई नगरपालिका हिजोदेखी सिल गरिएको छ ।