वृन्दावन बहुअरी का स्थानियले सडकमै रोपे धान,फलेपछी वडाअध्यक्षलाई गर्ने दान


राजेश निमार्णी । रौतहट । आषाढ १४
रौतहटको वृन्दावन नगरपालिका वडा नं ८ स्थित बहुअरी डुमरीया सडकखण्ड भएर आवतजावतमा समस्या भएपछि बहुअरी स्थित रुपनारायण साहको घर नजिकैको सडकमा सांकेतिक विरोधस्वरुप धान रोपिएको एक स्थानीयले बताए । सडक हिलाम्य भएर स्थानीयले आवागमनमा सास्ती झेलिरहँदा पनि जनप्रतिनिधिको ध्यान नगएको उनीहरुको गुनासो छ । बाटोमा माटो मात्रै हालिएको,र ग्राभेल गर्दा पनि एताउती मात्रै छरेको उनीहरुको भनाइ छ ।

साथै सोही गाउको दलित बस्ती मा हल्का पानी पर्दा चारैतिर हिलो भईरहदा वृन्दावन ८ का वडा अध्यक्ष दिनानाथ महतोलाई भनेपछी वडा अध्यक्ष महतोले भने यस पालिको बजेटले पुगदैन अगामी बजेटले काम गर्ने र यसपाली भने हल्का ग्रेभल मात्रै हालेर मर्मत गर्ने भनेता पनि अहिले सम्म केही न गरेको भन्दै त्यहाका युवाले बिरोध गर्दै बिचबाटोमै धान रोपेकाछन ।