राजपा पर्सा र बाराले भोली बिरोध सभा र प्रदर्शन गर्ने

वीरगन्ज २ असोज । राजपा पर्सा र बाराले संविधान दिवस ३ गते का दिन भोली बिरोध सभा र प्रदर्शन गर्ने भएको छ । रानीघाटस्थित पर्सा धर्मशालामा बसेको राजपाको बैठकले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय अनुसार सो दिन विरोधसभा गर्ने महासचिव शिव पटेल र बारा राजपा पार्टीका प्रबक्ता रमेश सरार्फले जानकारी दिनु भयो ।

बैठकले असोज ३ गते रातो दरबारमा भेला हुने र १ बजे घण्टाघरबाट विरोध ¥याली प्रदर्शन गरी पुनः सोही स्थानमा पुगेर विरोधसभा गर्ने पटेलले जानकारी दिए ।

जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी, मोहन चौधरी, उषा चौधरी, रम्भा मिश्रा, रमेश गुप्ता, रामचन्द्र पण्डित, श्रीराम गिरी, राजेश साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।