दुर्घटनाका एकको मृत्यु

तुलसीपुरको गहते खोला नजिकै भएको हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु भएको छ ।

हायसमा सवार बबई गाउँपालिका वडा नं। ७ निवासी ६० वर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको जानकारी दिए ।

गम्भीर घाइते चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके रेफर गरिएको थियो ।

तुलसीपुरबाट रगैंचा तर्फ जाँदै गरेको बा ३ ख १६०२ नम्वरको हायस बुधवार दिउँसो अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदा दुई जना पैदल यात्रुसहित हायसमा सवार ५ जना घाइते भएका थिए ।

हायसको ठक्कर बाट पैदल यात्रु तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ निवासी ५८ बर्षीया सीता डाँगीपनि गम्भीर घाइते भएकी छन् ।

उनको बाँकेमा उपचार भइरहेको छ ।

दुर्घटनामा परि पैदल यात्री तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ निवासी १८ बर्षीया कमला डाँगी, दंगिशरण गाउँपालिका वडा नं। ७ निवासी ४७ बर्षीया तिलकुमारी डाँगी, बबई गाउँपालिकाको वडा नं। ६ निवासी १८ बर्षीया पूर्णिमा चौधरी, सोही गाउँपालिको वडा नं। ७ निवासी ३२ बर्षीया चिन्टी चौधरी र सोही ठाउँकी ३५ बर्षीया सीता चौधरी घाइते भएका छन् ।

उनीहरु मध्ये तिलकुमारी डाँगी र चिन्टी चौधरीको अवस्था मध्यमखालको रहेको प्रहरीले बताएको छ ।

चालक सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका निवासी २४ बर्षीय करण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार चालक अध्यधिक मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । चालकको लापरवाहीले गर्दा उक्त दुर्घटना भएको देखिन आएको प्रहरीले बताएको छ ।