मेयर कुश्वाहा द्वारा १२० छात्रालाई निशुल्क साईकल बितरण

रौतहट संबाददाता
रौतहट ३० कार्तिक ।
रौतहटको कटहरिया स्थित जनता माध्यमिक बिधालयको प्रांगणमा एक समारोहका बीच मेयर सियाराम कुश्वाहाले १२० छात्रालाई निशुल्क साईकल बितरण गरेका छन ।
प्रदेश २ को बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत प्रमुख अतिथी मेयर कुश्वाहा,नगर प्रवक्ता चन्दन कुश्वाहा र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले उक्त साईकल बितरण गरेका हुन । मावी कटहरियाका प्राचार्य योगेन्द्र कुश्वाहाको अध्यक्षतामा सम्पन्न साईकल बितरण समारोहमा
स्थानीय विभिन्न राजनीतिक दलका नेता,शिक्षक तथा छात्र छात्राहरुको सहभागिता रहेकोे थियो ।