रौतहटको परोहा नपामा कोरोनाका कारण एकको मृत्यु

रौतहट । आषाढ ३१ गते
रौतहटमा कोरोना भाईरसका कारण आज थप एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लामा २ पुगेको हो । जिल्ला जन स्वास्थ्य अधिकृत सन्नी यादवले दिएको जानकारीअनुसार रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । मृतक व्यती भारतबाट फर्किएको जनाईएको छ ।
मृतक आफनो दाजुको अन्तिम संस्कारका लागि भारत पुगेका थिए। नेपाल फर्किए लगत्तै स्थानीय नगरपालिका ले बनाएको क्वारेन्टाइनमा असार २४ गते राखिएको थियो । उनलाई रुघाखोकी र स्वास प्रश्वासमा समस्या देखिएपछि २९ आषाढमा पर्सा जिल्लाको वीरगञ्जको नारायणी अस्पताल भर्ना गरिएको थियो । बुधबार बिहानै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।आइसियुमा भर्ना भएर ईलाज भईरहेको उनलाई आजै कोरोना भाईरस देखिएको थियो। यादवका अनुसार उत्त नगरपालिकामा ५ जना कोरोना संक्रमित मध्ये १ जना को मृत्यु , १ जना गम्भीर र ३ जना सामान्य अवस्थामा रहेका छन् । परोहा नगरपालिका को कोरोना पुष्टि भएको व्यती कवारेनटिनमा ४५ बस्दै आएका थिए । जस मध्ये ५ जना पोजेटिभ र ४० जना निगेटिभ आएको छ । निगेटिभ भएकाहरू लाई पनि घर नपठाई होल्डमा राखिएको स्वास्थ्य संयोजक जलान्धर यादवले बताए । अन्य निगेटिभ रिपोर्ट आएकाहरू लाई घर पठाईएको जनाईएको छ ।