चोरीको मोटरसाईकल र साईकल सहित दुई पक्राउ


रौतहट, २ असोज । रौतहटको गौर नगरपालिका वडा नम्बर ३ वीपी चोकबाट मोटरसाईकल चोरी गरी भाग्ने क्रममा प्रहरीले मोटरसाईकल सपहत चोरलाई नियन्त्रणमा लिएको छ ।
वीपी चोकबाट ना ५२ प १५१८ नम्बरको मोटरसाईकल चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले टिकुलीया पेट्रोल पम्प नजिकबाट मोटरसाईकल सहित चोरलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा रौतहटको यमुनामाई गाउपालिका वडा नम्बर ५ निवासी १९ वर्षिय रुपक झालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण चिमरियाले जानकारी दिए ।
यसैगरी गौर नगरपालिका वडा नम्बर १ जिल्ला अदालत नजिकैबाट साईकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले साईकल चोरलाई पक्राउ गरेको छ ।
चोरीको साईकल सहित रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर १ दिपही घर भई हाल गौर नगरपालिका ५ कोईरी टोल बस्ने १९ वर्षिय विक्रम महतोलाई नियन्त्रणमा लिईएको डिएसपी चिमरियाले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए । उनीहरु दुबै जना माथी चोरी मुद्दा चलाईने प्रहरीले जनाएको छ ।