माधवलाई गोकुल बाँस्कोटाको कडा दनक

काठमाडौं, असोज ५ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नु भन्दा सिधै कांग्रेस प्रवेश गर्नु उचित हुने सुझाव दिनुभएको छ । नेकपा एसको केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला बाँस्कोटाले सामाजिक सञ्जालमार्फत १० प्रतिशतमा सिमित पार्टीले एकीकृत र कांग्रेसको पुच्छर भएर पनि समाजवादी नार राखेर दुनियाँलाई हँसाएको भन्दै यस्तो सुझाव दिनुभएको हो ।

‘जुन गोरुको सिंग छैन,त्यसको नाम तिखे ? जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी ? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला,’ बाँस्कोटाले भन्नुभएको छ । उहाँले दुई पटक किन पार्टी प्रवेश गर्नु भन्दै यस्तो सुझाव दिनुभएको छ ।साभार जनता टाइम्स


यस्तो छ गोकुलको सुझाव

जुन गोरुको सिंग छैन, त्यसको नाम तिखे ? जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी ? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला किन भने दुईपल्ट के पार्टी प्रवेश गर्नु ? ह्या एस !